धनकुटा । धनकुटाको हिले बजारमा सार्वजनिक शौचालय निर्माणको काम थालिएको छ ।धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङ्दा तामाङका अनुसार वडाको १० लाख बजेट मार्फत शौचालय निर्माण भैरहेको हो । विगत एक महिना देखि हिले पुच्छरमा रहेको सार्वजनिक जग्गमा शौचालय निर्माण भईरहेको उहाँले बताउनु भएको छ ।
शौचालय निर्माणको जिम्मा पञ्चकञ्यादेवी निर्माण सेवा धनकुटाले लिएको छ । फागुन मसान्तसम्म सक्ने गरि कामको जिम्मा लिएको पञ्चकञ्यादेवी निर्माण सेवाका प्रमुख दिलीप रायमाझीले वताउनु भएको छ ।
शौचालय निर्माण कार्य अन्र्तगत सोमबार ढलाईको काम गरिएको उहाँको भनाई छ । यो सँगै अहिलेसम्म ४० प्रतिशत भन्दा बढी काम भईसकेको वडाध्यक्ष तामाङले बताउनु भयो ।




